काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्माणाधीन सूर्यविनायक-धुलिखेल सडकको अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा गएको अनुगमन टोलीले निर्माणाधीन सडकको कामको प्रगति विवरणबारे जानकारी लिएको हो ।
यो सडकको म्याद यही महिना सकिँदै छ । सूर्यविनायकदेखि साँगासम्म जम्मा ४५ प्रतिशत मात्रै भौतिक प्रगति भएको सडक आयोजनाले जनाएको छ ।
ठेकेदार कम्पनीले आयोजनासँग ८ सय दिनको समय थप गर्न माग गरिरहेको आयोजनाले जनाएको छ ।







