२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानको पहुँचमा उन्नत मकैको जात पुर्‍याउन मकैबाली अनुसन्धान कार्यक्रमले थाल्यो अभियान

अ+ अ-

काठमाडौँ। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले यसवर्ष उन्नत प्रविधिको मकैको जात प्रवर्धन तथा प्रसार गर्न विभिन्न कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमले अनुसन्धान गरेर विकास गरेका उन्नत तथा स्थानीय विकसित मकैका बीउहरु किसानसम्म पुर्‍याउन विभिन्न कार्यक्रम गर्ने तय गरेको हो ।

मकैबाली अनुसन्धान कार्यक्रमले आविष्कार गरी किसानसम्म पुर्‍याएका नयाँ प्रजातिका मकैका बीउबीजन विदेशी आयातित भन्दा उच्च उत्पादन हुने भए पनि अहिले देशभरका १४ प्रतिशत किसानले मात्रै कार्यक्रमले विकास गरेका उन्नत बीउबीजन रोप्ने गरेका तथ्यांक छन् ।

कार्यक्रमका संयोजक तीर्थराज रिजालका अनुसार यो अवस्थामा सुधार गरेर परियोजनाको तत्कालको लक्ष्य अनुसार कम्तीमा ३३ प्रतिशत किसानसम्म नेपालमा नै उत्पादन गरिएका मकैको उन्नत जातको बीउको पहुँचमा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सुरुआत गरिएको हो ।

अघिल्लो आर्थिक वर्षदेखि मकैबाली अनुसन्धान र प्रविधि प्रवर्धन परियोजना नाम दिएर सुरु भएको कार्यक्रमले अघिल्लो आर्थिक वर्षमा नै १० प्रजातिका वर्णशंकर मकैको जाती, दुई वटा पोषिलो र ३० भन्दा बढी स्थानीय विकसित अर्थात् खुला सेचित मकैका जातहरू विकसित गरेको जनाइएको छ ।

उनका अनुसार दर्ता तयारी गरिएको दुई र परीक्षण सफल भएर दर्ता प्रक्रियामा रहेका दुई प्रजातिका मकैका बीउ कार्यक्रमले विकसित गरेको छ । भने, स्थानीय प्रजातिका मकैलाई पनि विकसित गरी किसानसम्म पुर्‍याएको छ।

यी विकसित गरिएका बीउलाई नेपालका किसानसम्म पुर्‍याउन सुरु गरिएको परियोजनामा यसवर्ष चितवनको माडी, गोलाघाट, गीतानगर, विठूवा, हरैया, भीमनगर, देवचुली, बरादी, डेढगाउँ, आरुघाट लगायतका चितवन बाहेकका गोर्खा, नवलपरासी ९सुस्ता पूर्व०, बारा लगायतका जिल्लामा वर्णशंकर जातको कमैको जातीय प्रदर्शन गर्ने जनाएको छ ।

आज किसान, बीउ बीजन बिक्रेता, स्थानीय तह, कृषि विकास समन्वय इकाइ लगायतका कृषिसँग सरोकारवाला व्यक्ति तथा संस्थासँगको छलफल अन्तरक्रिया पनि मकैबाली उत्पादन र बजारीकरणको लागि संयुक्त समन्वयमा विभिन्न स्थलगत तालिम दिने, मकैवाली दिवस मनाउने, श्रोतबीउको वितरण सम्बन्धित छलफल गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको कार्यक्रमका प्राविधिक अधिकृत ध्रुव रेग्मीले जानकारी दिए ।

नेपालमा उत्पादन हुने अन्नबालीमा धानपछि दोस्रो महत्त्वपूर्ण बालिका रूपमा मकैलाई लिइन्छ । अहिले नेपालमा करिब ९ दशमलव ४ लाख हेक्टरमा मकै खेती हुने र वार्षिक २९ दशमलव ७ लाख टन उत्पादन हुने तथ्यांक रहेको छ । भने नेपालको पहाडी क्षेत्रमा ७० र २० प्रतिशत खेती तराइमा हुँदै आएको तथ्यांक कार्यक्रमसँग रहेको छ ।