२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिका रूपमा राजबहादुर शाह सम्मानित

अ+ अ-

काठमाडौँ। व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेबापत उनलाई सम्मान गरेको हो ।

अर्थमन्त्री रामेश्वर खनालले आव २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरूलाई सम्मान पत्र प्रदान गरेका हुन् । सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । एकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भयो ।

वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना-प्रविधितर्फ भेरिक्स नेपाल प्रालि सम्मानित भएका छन् । निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषिरपशुजन्य: पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भएका छन् । स्वास्थ्य/शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटेल सम्मानित भएका छन् ।

वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्य स्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् ।

व्यक्तिगत आयकरमा राजबहादुर शाह र समयमै कर तिर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएका हुन् । ५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीमा भीएफ सर्भिसेज र विशेष उद्योगका रूपमा युनिलिभर नेपाल सम्मानित भएका छन् ।