२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश घुमफिरमा जाने नेपालीले गरे साढे २१ अर्ब रुपैयाँ खर्च

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन-असोज) सम्म विदेश घुमफिरमा जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार भ्रमण व्यय पहिलो त्रैमासको समीक्षा अवधिमा १६.४ प्रतिशतले बढेर ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रहेको छ । यसअनुसार खुद भ्रमणमा भएको खर्च २१ अर्ब ६३ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

यही अवधिमा विदेशीले नेपाल भ्रमणमा गरेको खर्च भने १९ अर्ब १९ करोड मात्र छ । यस अनुसार विदेशी पर्यटकले नेपाल भ्रमणका क्रममा गर्ने खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने भ्रमण खर्च धेरै हो । भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भएको तथ्यांकमा देखिन्छ । अघिल्लो वर्षको यसै अवधिमा पर्यटकले नेपालमा गरेको खर्च १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च बढ्नु र विदेश जाने विद्यार्थीसँग ठूलो मात्रामा मुद्रा बिदेसिने कारण सेवा खाता भने ऋणात्मक रहेको छ । तथ्यांक अनुसार सेवा खाता ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा सेवा खाता २३ अर्ब १ करोड रुपैयाँले मात्र घाटामा थियो ।