२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा थपिए ६३१ मतदाता

अ+ अ-

गलकोट (बागलुङ) । बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार बागलुङमा मतदाता नामावली संकलन भइरहेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङ तयारीमा जुटेको छ । 

कार्यालयले मतदाता नामावली संकलन, ठाउँसरी र त्रुटि सच्चाउने कार्य कार्यालयबाट दैनिक रूपमा गरिरहेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार असोज ९ गतेपछि अनलाइन र कार्यालय दुवै स्थानबाट ठाउँसरी र त्रुटि सच्चाउने काम भइरहेको छ भने कार्यालयबाट नयाँ मतदाता नामावली संकलनको काम भइरहेको छ । 

निर्वाचनको मिति घोषणा भएको असोजको ९ गतेपछि अहिलेसम्म बागलुङ जिल्लामा ६३१ मतदाता नामावली संकलन गरिएको ३१६ जनाको ठाउँसरी गरिएको र ५१ जनाको त्रुटि सच्चाइएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयलाई कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अध्यावधिकको काम गर्नु भनी आएको परिपत्रअनुसार दैनिक नयाँ मतदाता नामावली दर्ता र अध्यावधिकको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख तथा निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए। उनले नयाँ नामावली दर्ता, ठाउँसारी र त्रुटि सच्चाउने काम जिल्ला निर्वाचन कार्यालय बागलुङबाट भइरहेको बताए । 

उनले नेपालका जुनसुकै निर्वाचन कार्यालयबाट नामावली सङ्कलनको काम गर्न सकिने बताउँदै बागलुङ जिल्ला ठेगाना भएकाले यही निर्वाचन कार्यालय आउनुपर्छ भन्ने नरहेको बताए । 

ठाउँसरीका लागि भने बसाइसराइ दर्ता प्रमाणपत्र अथवा विवाह दर्ताको प्रमाण अनिवार्य रहेको बताए। यस्तै नागरिकता नम्बर सच्चाउने, नाम, बाबु आमाको नाम तथा निर्वाचनस्थललगायत त्रुटिसमेत सच्चाउने कार्य भइरहेको बताए । 

नयाँ नामावली दर्ताका लागि अनलाइन फारम भरेर जैविक विवरण बुझाउन भने कार्यालयमै आउनुपर्ने रिजालको भनाइ छ । अहिले जिल्लाको इलाका प्रशासन कार्यालय र स्थानीय तहबाट नामावली दर्ता तथा अध्यावधिकको काम नभएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता र ठाउँ सरी गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ । 

पालिका र इलाकामा नामावली दर्ताको सम्भावना हाललाई नभएको आयोगको भनाइ छ । जनशक्ति, बजेट तथा निर्वाचन तालिकाअनुसार जिल्ला निर्वाचन कार्यालयबाट मात्रै नामावली सङ्कलनको व्यवस्था मिलाइएको छ । बागलुङमा पछिल्लो अध्यावधिक मतदाता नामावली अनुसार बागलुङमा एक लाख ७९ हजार १७३ मतदाता रहेका छन् । जसमध्ये महिला ९७ हजार ३४ जना र पुरुष ९२ हजार १३९ जना रहेका छन् । 

जिल्लामा १०६ मतदान स्थल रहेका छन् भने मतदाताको सङ्ख्याका आधारमा केन्द्र व्यवस्थापन गरिनेछ । कात्तिक ३० गतेसम्म जिल्लामा मतदाताको सङ्ख्या केही मात्रमा बढ्ने देखिएको छ ।