२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाउन सञ्चार मन्त्री खरेलको निर्देशन

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् । 

सिंहदरवारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उनले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारी हुनुपर्ने बताए ।

सञ्चार मन्त्रीले भने, “पिएसबीको नारा ‘जष्टिफाई’ हुन जरुरी छ । यसले प्रस्तुत गर्ने सामग्रीमा नवीनता र सिर्जनशीलता झल्कनुपर्छ । पिएसबीमा जनताको सहज पहुँच सुनिश्चित गर्नुपर्छ ।” उनले विविध चुनौतीकाबीच पिएसबीको सुरुआत भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिए ।

विदेशमा बसोबास गर्ने नेपाली तथा विदेशीको दृष्टिमा राष्ट्रको पहिचान र गौरव झल्कने सामग्री पिएसबीले समेट्न जरुरी भएको बताए ।

मन्त्री खरेलले नेपालमा मात्र नभई विश्वभर आमसञ्चारका माध्यम चुनौतीपूर्ण अवस्थामा रहेका भन्दै पिएसबीलाई ‘मोबाइल डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टिभीका दर्शकस्रोता बढाउने गरी प्रसारण हुनुपर्नेमा जोड दिए। 

“हिजोको जस्तो भित्तामा टेलिभिजन राखेर चल्दैन । बदलिँदो समय र प्रविधि तथा उपकरणअनुरूप अब सुधार गर्नैपर्छ । एनटिभीका पाँचवटै च्यानलमार्फत जनताको विश्वास जित्ने, ‘लाइक, भिवरसीप’ बढाउनुपर्छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ”, उनले भने ।

कार्यक्रममा मन्त्री खरेलले पछिल्लो समय आमसञ्चारमाध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यावसायिक बन्न विविध चुनौती थपिँदै आमसञ्चारको दिगोपना र व्यवसायीकीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।