काठमाडौँ। जेन जेड आन्दोलनको नाममा दाङका सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट १० जनालाई पक्राउ गरिएको छ । पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनी र तोडफोड गर्नेलाई पक्राउ गरिएको हो । घोराही उपमहानगरपालिका आगजनी गर्नेमाथि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरू विरुद्ध कसैले जाहेरी हालसम्म नदिएकोसमेत जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूको पहिचान भने गोप्य राखेको छ ।







