२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकाउन्न वर्षपछि लाप्राकका युवाद्वारा लमजुङ हिमाल आरोहण

अ+ अ-

गोरखा । पहिलो पटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरूले लमजुङ हिमालको सफल आरोहण गरेका छन् । धार्चे गाउँपालिका-४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङले छ हजार ९८३ मिटर अग्लो लमजुङ हिमाल आरोहण गरेका हुन् ।

मनाङ र कास्कीको सिमानामा रहेको सो हिमाल यसअघि सन् १९७४ मा पहिलो पटक बेलायती सेनाका डेरिक च्याम्बरलेन र फिलिप नियमितले आरोहण गरेका थिए । त्यसयता थुप्रै आरोहीहरूले पटक पटक आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन् ।

एकाउन्न वर्षपछि पहिलो पटक लाप्राकका तीनसहित चार जनाको टोलीले लमजुङ हिमाल आरोहण गरेको आरोही सन्दीपले जानकारी दिए । गुरुङको टोलीले यही अक्टोबर २७ तारिख दिउँसो ३:०० बजे हिमाल आरोहण गरेका थिए ।

सो टोलीमा रहेका सोलुखुम्बुका पुरतेन्जी शेर्पाले पनि लमजुङ हिमाल साफतापूर्वक आरोहण गरेका सन्दीपले जानकारी दिए । “यो पर्वतारोहण क्षेत्रकै ऐतिहासिक आरोहण हो”, उनले भने, “५१ वर्षमा थुप्रै आरोहीहरूले लमजुङ हिमाल आरोहणको प्रयास गरेका थिए । तर, सफल भने हुन सकेका थिएनन् । हाम्रो टोली भने पहिलो प्रयासमा नै सफल भएको छ ।”

सन्दीपले आफ्नो टोलीले हिमालयन समिट क्लबबाट हिमाल आरोहण गरेको बताए । उनले भने, “हाम्रो टोलीमा थप दुई जना विदेशी र एक जना नेपाली पनि हुनुहुन्थ्यो । मौसम खराब भएपछि उहाँहरू फर्किनु भयो । हामी चार जनाले आरोहण गरेर फर्केका हौँ ।”