२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी छाडेका नेता-कार्यकर्तालाई मूलघर फर्किन उपेन्द्र यादवको आह्वान

अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा विभिन्न कारण र कालखण्डमा दल छाडेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मूलधारमा फर्कन आह्वान गरेका छन् ।

ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले विगतमा पार्टीको श्रीवृद्धि र आन्तरिक जीवनमा ठूलो योगदान पुर्‍याएका कार्यकर्तालाई पुरानो घरमा फर्किन आह्वान गर्ने निर्णय गरेको जानकारी दिए ।

‘पार्टी स्थापनाकालदेखि विगतमा जे–जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडे पनि पुरानै घरमा फर्किन आह्वान गर्दछु’, अध्यक्ष यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा संगठन भएकाले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले अप्ठ्यारो मान्नु पर्दैन ।’

अध्यक्ष यादवले पार्टीमा फर्कने नेता तथा कार्यकर्तालाई क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने बताए । 

उनीहरूको स्वागतका लागि पार्टीको ढोका खुला रहेको अध्यक्ष यादवले बताए ।