२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहिलेसम्म जसरी चल्छ, चलिरहोस् !

अ+ अ-

एकादेशमा एक जना विद्वान राजा थिए। उनी जनसेवा र धार्मिक कार्यमा अत्यन्त कहलिएका थिए। जनताको सेवा सुविधा र समस्या समाधान गर्नका लागि आफ्नो जीवनसमेत अर्पण गर्न सदैव तयार रहन्थे। सबै नागरिकले राजालाई अत्यन्त सम्मान गर्दथे। राजाप्रति नागरिकको कुनै गुनासो थिएन । राजाको धार्मिक कार्यको समन्वयका लागि एक जना राजपुरोहित थिए । राजपुरोहित आफ्नो काम सम्पादन गर्दा नीति नियम भन्दा पनि आशयलाई प्राथमिकता दिन्थे र  हरेक विषयमा आफूलाई निपुण भएको कुरा  देखाउन अग्रसर रहन्थे । 

एकदिन राजा बिहानको स्नान सकेर राज बाटिकामा टहल्दै थिए । सोही समयमा निकै प्रसिद्ध नाम चलेका साधुको महाराजको बगैँचामा आगमन भयो । राजाले अत्यन्त सत्कारका साथ साधुलाई दरवार लिएर गए । राजाले साधु महाराजको अत्यन्त सम्मान र हार्दिकताका साथ सेवा सुश्रुवा गरे । बिदा हुने बेलामा साधुले “राजन हजुरको मुलुकमा छिट्टै समस्या आउने सम्भावना छ, तसर्थ चार जना ब्राह्मणद्वारा एक एक घडी अन्तरालमा शुरु गराएर एक करोड जपसहित होम गराउनु होला, सङ्कट नाश हुनेछ” भने । साधुलाई राजाले वहाँको आज्ञाको पालन हुने कुरामा आश्वस्त गराए । साधु खुसी हुँदै आशीर्वाद दिँदै बिदा भए । 

राजाले साधुको बिदाइ गर्ना साथ आफ्ना राजपुरोहितलाई बोलाएर साधुले भनेको कुरा सुनाए । राजपुरोहितले साधुको आज्ञा तत्काल पूरा गर्ने गरी तयारी शुरु गरे । राजपुरोहितले जपको सुरुवात आफैले गर्ने र अन्य तीन जना ब्राह्मण खोज्ने कुरा बताए । चाकडी र चाप्लुसीमा लिप्त राजपुरोहितले के विषयको जप गर्ने भन्ने सोध्ने आँट गरेनन् किनकि सोध्दा आफू अज्ञानी हुने ठाने । जप तथा होमको लागि सम्पूर्ण तयारी सकियो । जप तथा होम कार्यको वरणीसमेत भयो, राजाद्वारा सङ्कल्प लिने कार्य सकिए पश्चात् जप तथा होम शुरु गर्ने भन्दै राजालाई राजपुरोहितले बिदा गरे ।

राजपुरोहितलाई कुन देवताको कुन मन्त्रले जप तथा होम गर्ने भन्ने विषयमा केही जानकारी थिएन । राजपुरोहितले अन्त्यमा एक उपाय निकाले र “राजाको मन्त्र जप गरेँ” भन्ने उच्चारण गर्दै होम शुरु गरे । एक घडी बितेपछि पहिलो ब्राह्मण जप तथा होमको लागि थपिए । उनले राजपुरोहितले गरेको जप सुनेर अचम्मित भए अनि सोध्ने वा अगाडि बढ्ने भन्ने विषयमा अनमयस्क रहे । अन्त्यमा उनले पनि केही जप गरेर कार्य अगाडि बढाउने सोच गर्दै “तिमी जे जप गरिरहेका छौ, म पनि त्यही जप गर्छु” भन्ने मन्त्रका साथ जप र होम कार्यमा सहभागी भए ।

अर्को एक घडी बितेपछि द्वितीय ब्राह्मण पनि होम तथा जप कार्यमा सहभागी हुन आई पुगे । उनी वास्तवमा विद्धान थिए । आएर राजपुरोहित र पहिलो ब्राह्मणले गरेको कार्य देखेर बिलखबन्दमा परे, न-सोध्नु, न-फर्किनु, न त अगाडि बढ्नु भनेर अलमलमा परे । काम नगरूँ राजआज्ञा उल्लङ्घन हुने, गरूँ त के गरूँ ! सोधूँ त मूर्खहरूलाई के सोध्ने । अन्त्यमा केही उपाय नलागेर “यो अवस्थामा राज्य कहिलेसम्म चल्छ” भन्दै मन्त्रोउच्चारणका साथ जप र होममा सहभागी भए ।

अन्त्यमा सहभागी हुन एकजना धुरन्धर विद्वान ब्राह्मण आई पुगे । राजपुरोहितदेखि अन्तिमसम्मका सबैको जप र चर्तिकला देखेर आफूलाई दिलैदेखि धिक्कारे । राजालाई सुनाउन पनि सकेनन्, अरूलाई सम्झाउन पनि सकेनन् । फर्किन पनि सकेनन्, राज हितको प्रश्न थियो, उनीसँग थियो त केवल बाध्यता । अब उनले केही विकल्प सोचेर काम गर्नु र विनास कुर्नुबाहेकको अन्य उपाय देखेनन् । बोल्दा राज विरुद्धको अपराधमा अरु ब्राह्मणले मृत्युदण्ड पाउने र सो को कारक आफू बनिने, नबोल्दा राजा  अन्यायमा पर्ने निश्चित थियो । अन्त्यमा उनले जप र होम अगाडि बढाउनु नै तत्कालका लागि उत्तम सोचे, यसो सोच्नुमा गलत व्यक्तिलाई राजपुरोहितमा नियुक्त गरेको परिणाम हो, जसले गल्ती गर्छ उ नै सजायको भागिदार होस भनेर चित्त बुझाउने बिचार गरे । उनले “जहिलेसम्म जसरी चल्छ चल्दै गरोस्” भन्ने मन्त्रका साथ जप तथा होम गरे । जप तथा होमको समापन भयो । राजा खुसी भएर ब्राह्मणहरूको बिदाइ गरे ।

केही समय पश्चात् राज्यमा अर्को देशको राजाले आक्रमण गरे । राजा पराजित भएनन् । राजाले देश छोडेर भाग्नु पर्‍यो । राजाले गलत व्यक्तिलाई राजपुरोहितमा नियुक्त गरेको, उसकै चाकडी तथा कमजोर क्षमताका कारण राज्यविहीन हुनु परेको कुरा कहिले पनि थाहा पाएनन् । राजाले आफ्ना सल्लाहकार, भारदार वा कर्मचारी नियुक्त गर्दा विवेक पुर्‍याउन नसक्दा यस्तै परिणाम व्यहोर्नु पर्ने हुन्छ।

नेपालको समग्र राज्य प्रणालीका जिम्मेवारहरू कतै “जहिलेसम्म जसरी चल्छ, चल्दै गरोस्” भन्ने मन्त्र त जप गर्दै छैनन् ? यस्तो अवस्थाले समाजमा विद्रोह र असन्तोष जन्मने हुँदा जिम्मेवार निकाय तथा पदाधिकारीहरू समयमै सचेत हुन आवश्यक छ ।

यतिबेला नेपालको समग्र राज्यप्रणाली र जनताको अपेक्षाबीच तुलना गर्दा राज्य संयन्त्र “जहिलेसम्म जसरी चल्दछ, चल्दै गरोस्” भन्ने मान्यतामा आधारित छ । आफू परिवर्तन हुन नचाहने वा आफूलाई सुधार गर्न नचाहने तर अरुमा परिवर्तन भएको देख्न चाहनेहरू नेतृत्वमा हाबी भएको अवस्था छ । सरकारले प्रदान गर्ने केही मात्र सेवा सुविधाको मूल्याङ्कन गर्ने हो भन्ने जनतामा निराशा बढ्दै गएको र युवा पुस्ता विद्रोहभन्दा पनि पलायनको मार्गमा अग्रसर भएको देख्न सकिन्छ । उदाहरणका लागि केही मात्र सरकारी सेवाहरूको अध्ययन गर्दा राजपुरोहित कै सल्लाहकारी अवस्था देखिन्छ:
(१) २०७२ पौषदेखि सञ्चालनमा आएको स्मार्ट लाइसेन्सको कार्ड समयमै पाउन नसक्नु,
(२) राहदानीको फाराम भर्नको लागि हरेक साँझ कुर्नु पर्ने र कुर्दा पनि नसकेर सहजकर्ता (आर्थिक वा गैर आर्थिक) को भर पर्नु पर्ने। 
(३) आफूलाई सक्षम भनिएका सेवा प्रदायक निकायका कर्मचारीको असावधानीवश कार्यालयको अभिलेखनमा भएको गलत विवरण सच्याउन पनि स्थानीय सरकारलाई दस्तुर बुझाई कार्य सहजकर्ता मार्फत समेत शीघ्र दस्तुर बुझाउनु पर्ने अवस्था
(४) सरकारी अस्पतालमा सेवा दिन नभ्याउने चिकित्सक भेट्न निजी अस्पताल वा संस्थामा जानू पर्ने अवस्था।
(५) यस्ता बग्रेल्ती उदाहरणको सूची कति छन् कति ।

अब यो अवस्था सुधारेर अगाडि नबढ्ने हो भने अहिले राज्य संयन्त्रमा महत्त्वपूर्ण भूमिकामा रहेकाहरू आफ्नो मृत्यु पश्चात् अन्तिम संस्कार कुर्दै केही दिनका लागि शव गृहमा बस्नुको विकल्प छैन । सुधारका लागि नीतिमा कठोर, व्यवहारमा सकभर सहज नेतृत्व आजको अपरिहार्य आवश्यकता बनेको छ। अस्तु।

(लोकोक्तिमा आधारित नीति कथा)