२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनद्वारा प्रदान गरिने “बेष्ट बैंक अवार्ड २०२५” बाट सम्मानित भएको छ। शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्।

विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवा, क्रेडिट रेटिङ लगायतका मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल आइएमई बैंक सन् २०२५ का लागि “नेपालको उत्कृष्ट बैंक” को रूपमा चयन भएको हो।

यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित भएको हो। यसअघि पनि बैंकले सन् २०२४ मा सोही अवार्ड प्राप्त गरेको थियो।

बैंकका अध्यक्ष ढकालले उक्त सम्मानले बैंकलाई अझ उत्कृष्ट र नवप्रवर्तनशील सेवा प्रदान गर्न प्रेरणा मिलेको बताउँदै, यस उपलब्धिमा सहकार्य र विश्वास जनाउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायतका नियामक निकाय, सेयरधनी, कर्मचारी र सम्पूर्ण ग्राहकवर्गप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

ग्लोबल फाइनान्स म्यागजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य तथा पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई यस वर्ष सम्मान गरेको हो।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वभरका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूलाई हरेक वर्ष यो प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ।

सन् २०२५ का लागि ग्लोबल फाइनान्सले हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका बैंकहरूलाई पनि विभिन्न विधामा सम्मानित गरेको छ।

ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै समयसापेक्ष तथा नविनतम् सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकलाई प्राप्त “नेपालको उत्कृष्ट बैंक” अवार्डले आगामी दिनमा अझ रचनात्मक र गुणस्तरीय सेवा प्रवाह गर्न प्रेरित गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

यसअघि पनि ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाबाट फरक–फरक विधामा सम्मान पाएको छ। बैंकले यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर अवार्डलगायतका प्रतिष्ठित सम्मानहरू प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल फैलाएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

नेपालमा बैंकिङ सेवाका साथै, बैंकले विश्वका विभिन्न देशहरू — संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।