काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव केन्द्रित भएको छ । रास्वपाका प्रवक्ता मनीष झाका अनुसार उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचा पत्र लेखन समिति बनेको छ ।
आगामी २१ फागुनको चुनावको तयारीका लागि वाचा पत्र बनाउन लागिएको हो । प्रवक्ता झाले भने, ‘हामी चुनावको तयारीमा लागिसक्यौँ । वाचा पत्र बनाउने काम भइराखेको छ ।’
दुई ठुला दल काँग्रेस र एमाले चुनावप्रति शंका गरिरहेका बेला रास्वपाले चुनाव केन्द्रित भएको जनाएको हो । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेन्डा अगाडि बढाउन खोजिरहेको छ । यो विषयमा काँग्रेसले औपचारिक रूपमा केही निर्णय लिएको छैन । माओवादी केन्द्र पनि चुनावको पक्षमा उभिएको छ ।
यो बेला विघटित प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपा भने चुनावको वातावरण बनाउन र पार्टीको वाचा पत्र लेखनमा लागेको हो ।







