२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असामविरुद्ध नेपालको ए टिम १५ रनले पराजित

अ+ अ-

काठमाडौँ । असामको टीमविरुद्ध नेपालको ए टिम डर्क वर्थ नियम अनुसार १५ रनले पराजित भएको छ । यससँगै पाँच खेलको सिरिजमा असामले अग्रता लिएको छ । असामले १९० रनको बलियो स्कोर खडा गरेको थियो । नेपालले डेथ ओभरमा कमजोर बलिङ गर्दा असाम बलियो स्कोरमा पुग्न सफल भयो ।

अन्तिम दुई ओभरमा मात्रै असामका पुछारका छक्का चौकाको वर्षा गर्दै ब्याट्सम्यानले ५२ रन जोडेका थिए । नेपालका लागि आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमल सिंह ऐरीले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा नेपालले खराब सुरुवात गर्दै १ रनमा ओपनर इशान पाण्डेलाई गुमायो । आक्रामक ब्याटिङ गर्न खोजेका कप्तान अनिल साह १३ बलमा २० रन बनाएर पेभिलियन फर्किए । यस्तै पवन सर्राफ पनि चलेनन् । उनले ९ बलमा ६ रन मात्रै जोड्न सके ।

अर्को इन्डबाट शुभ कंसाकारले भने राम्रो खेलिरहेका थिए । तर नेपाल ३ विकेट गुमाएर ६४ रनको अवस्थामा छँदा पानीले खेल विथोल्यो । खेल रोकिँदा कंसाकारले २१ बलमा ३३ रन बनाइसकेका थिए । थप खेल हुन नसकेपछि असामलाई डीएल मेथडका आधारमा विजयी घोषित गरिएको छ।

आज अष्ट्रेलियामा भएका दुई खेलमा नेपालको राष्ट्रिय टीमले हार व्यहोरेको थियो । साउथ अष्ट्रेलियासँग भएको पहिलो खेलमा तीन विकेटले र दोस्रोमा ३ रनले नेपाल पराजित भएको हो ।