२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

अ+ अ-

जनकपुर । पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ । 

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको हो । 

मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहसँगको समन्वयमा सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले हर सम्भव उपाय अवलम्बन गर्ने र त्यसका लागि प्रदेश स्वास्थ्य निर्देशनालय तथा  स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको मुख्यमन्त्रीको सचिवालये जनाएको छ । 

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएका छन् । उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको र वीरगञ्ज खटाइएको टोलीले आवश्यक सुझाव दिएपछि थप कार्य अगाडि बढाइने उनले बताएका छन् । 

वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।