२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्युत बिक्रीमा कमी आएपछि प्राधिकरणको नाफा घट्यो’ : हितेन्द्रदेव शाक्य

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो। 

प्राधिकरणका अनुसार आव २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ।

२०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो। २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो। खासगरी कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेयता प्राधिकरणले नाफा बनाइरहेको थियो। तर, कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफासमेत घटेको देखिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी येनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताए।

अहिले नाफामा कमी आए पनि आगामी वर्षमा वृद्धि हुने उनको दाबी छ।

उनले भने, ‘गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी येनमा भएको अधिमुल्यन आदि कारणले अडाई अर्ब नोक्सान भएको छ। डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभोनिजिङ गरेबापत साढे ५ अर्ब नोक्सानी भएको छ। प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको छ। तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ।’

प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०।७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावाट घण्टा पुगेको थियो। आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको तुलनामा ४।६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ। राष्ट्रिय ग्रेड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ।

प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ। आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावाट विद्युत उत्पादन क्षमता थप भएको छ। जसमा प्राधिकरणअन्तर्गतका कम्पनीका सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट छ भने २९०.५ मेगावाट छ।