काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आत्मालोचना गरेकी छन्।
भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित आत्मालोचना गरेको आज बसेको सचिवालय बैठकपछि एक नेताले बताए।
पार्टीले सोधेको स्पष्टीकरणको आत्मालोचनासहित जवाफ आएको भन्दै झाँक्रीसँगै छलफल गरेर यो विषय टुङ्ग्याउने निर्णय भएको बताए।
अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको थियो।







