२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य नगरकोट’ : सिइओ जोशी

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य  भएको बताएका छन् । 

आज नेपाल पर्यटन बोर्डमा नगरकोट भ्रमण वर्ष, २०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको  वृत्तचित्र हस्तान्तरण कार्यक्रममा उनले निजी क्षेत्रको अग्रसरतामा विकास भएको पर्यटन स्थल नगरकोटलाई अन्तरराष्ट्रियस्तरसम्म प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए। 

उनले भने, “होटेल व्यवसायीहरूको आपसी प्रतिस्पर्धाका बीच पनि सहकार्यमा आधारित उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यका रूपमा नगरकोट स्थापित छ । हामीले आगामी दिनमा अन्तरराष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा प्रवर्द्धन गर्नेछौँ ।”

नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्जालमा पनि राम्रो भइसकेको उल्लेख गर्दै उनले नगरकोट जाने पर्यटकहरूलाई गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेसमेत बताए । 

नगरकोटका होटेलहरू क्लब हिमालय, होटेल कन्ट्री भिल्ला, होटेल मिस्टिक माउन्टेन, काभ्या हिमालयज्, सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड नराइसज्, सनसेट एण्ड दी हिमालय’ शीर्षकमा तयार गरिएको वृत्तचित्र नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष २०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।  

नगरकोटको ऐतिहासिक स्थलहरू, प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनालाई समेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने क्लब हिमालयका सञ्चालक योगेन्द्र शाक्यले विश्वास व्यक्त गरे । 

नगरकोटको प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक विविधता झल्काउने उक्त वृत्तचित्रले यस क्षेत्रको ‘पुनः ब्रान्डिङ’ गर्न सहयोग पुग्ने उनको भनाइ थियो । 

“चार नगरपालिका मिलेर पहिलो पटक एउटै गन्तव्य प्रवर्द्धन गर्ने यो पहल ऐतिहासिक मान्न सकिन्छ”, उनले भने, “जलवायु परिवर्तनका कारण हिउँ पग्लिन थालेको छ । नगरकोटलाई अब केवल ‘सनराइज–सनसेट’ मात्र नभई यसका अन्य पक्षमा पुनः ब्रान्डिङ गर्नुपर्ने समय आएको छ ।”

वृत्तचित्र हस्तान्तरण कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर बाइबाले नगरकोट तीन जिल्लाका चार पालिकाको संगमस्थल भएकाले यसको प्रवर्द्धन महत्त्वपूर्ण रहेको बताए । 

नेपाल बोर्डका सदस्य नरेन्द्र देव भट्टले नगरकोटको विकासमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको बताए। उनले यस अभियानअन्तर्गत उक्त वृत्तचित्रसँगै अन्य प्रचारात्मक गतिविधि र अन्तरराष्ट्रिय स्तरका करिब ५४ कार्यक्रममार्फत नगरकोटलाई विश्व पर्यटन बजारमा थप आकर्षक रूपमा प्रस्तुत गरिने बताए ।