२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन बैंकद्वारा वित्तीय विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ। सरकारको स्वामित्व रहेका तीन बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेका हुन् ।

उक्त वित्तीय विवरण अनुसार यी तीन बैंकहरुको नाफा ११ अर्ब नाघेको छ । यी बैंकहरुले गत आर्थिक वर्षमा ११ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

गत आवमा सबैभन्दा बढी कृषि विकास बैंकले नाफा कमाएको छ । कृषि विकास बैंकको नाफा ४८.८८ प्रतिशतले बढेको हो ।

यस बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख पुगेको छ । बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ । गत आवमा बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड १४ लाख गर्दा सञ्चालन नाफा ५ अर्ब ८४ करोड पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा छ ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ अर्ब ८६ करोड रहेको छ । गत आवमा बैंकले २ खर्ब ९३ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.२६ प्रतिशत छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा ४९.५३ प्रतिशत बढी हो । त्यसबेला बैंकले २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड २४ लाख रुपैयाँ गर्दा खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २५ करोड ५२ लाख छ । बैंकको कुल सञ्चालन आम्दानी १२ अर्ब ८४ करोड ३७ लाख रहेको छ भने सञ्चालन नाफा ५ अर्ब ३८ करोड २५ लाख छ ।

बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको यस्तो आम्दानी २४.४१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १६.३२ रुपैयाँ प्रतिशेयर आम्दानी थियो । गत आवमा बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख रुपैयाँ छ । बैंकको लाभांश क्षमता १.९४ प्रतिशत छ ।

चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३७ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ छ ।

गत आवमा बैंकले ५ खर्ब ४१ करोड ४६ लाख निक्षेप संकलन गरेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.५९ प्रतिशत छ ।

त्यसैगरि, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंकको ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.६५ प्रतिशत बढी हो । त्यसबेला बैंकले २ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा बैंकले खुद ब्याज आम्दानी १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ गरेको छ । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ४९ लाख, सञ्चालन आम्दानी ११ अर्ब ९४ करोड ३९ लाख र सञ्चालन नाफा ५ अर्ब ४१ करोड लाख ८६ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । बैंकको लाभांश क्षमता पनि ऋणात्मक रहेको छ । बैंकको प्रति शेयर आम्दानी २५.६८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ ।

चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ९३ करोड २० लाख रुपैयाँ रहेको छ ।

गत आवमा बैंकले ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४.४७ प्रतिशत छ ।