२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवको सरुवासहित यस्ता छन् कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्यदेखि लिएर पत्रकारिता पुरस्कारसम्मका विषयमा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच महत्त्वपूर्ण निर्णयहरू गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री विनोदकुमार शाहका अनुसार बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन साउन २१ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

त्यसै गरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलक राज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा कागजमा खटाउने निर्णय गरिएको छ।

सर्वोच्च अदालतको परमादेश (मिति २०८२ जेठ ७) अनुसार, जाजरकोटको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ४ लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।

यससँगै, पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ। प्रदेश सरकारका अनुसार सो कार्यविधिका आधारमा आगामी दिनमा पत्रकारिता क्षेत्रका श्रम र योगदानलाई मूल्यांकन गरी पुरस्कार प्रदान गरिनेछ।

साथै, प्रदेशका कार्यालयहरूमा सूचनाको हक कार्यान्वयन भएरनभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।