२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकको पर्खाइमा मिक्वाखोको लामपोखरी

अ+ अ-

फुङ्लिङ (ताप्लेजुङ) । मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो ।

ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन् । हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजंघा हिमाल, धार्मिक पर्यटकका लागि पाथीभरा, हरियाली फाँट, बुकी फूल तथा पोखरीहरूको अवलोकनका लागि लादेन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् । 

यस क्षेत्रमा प्रत्येक वर्ष जडीबुटी संकलन गर्ने मिलन लिम्बूका अनुसार हरियाली घाँसेमैदानमा रहेको लामपोखरी यस क्षेत्रकै ठूलो पोखरी हो । यहाँका  पोखरी हेर्दा अरूको तुलनामा लामपोखरी ठूलो देखिए पनि यस पोखरीको अध्ययन, अनुसन्धान कुनै निकाय गरेको छैन । यो पोखरीसँग धेरै किंवदन्ती कथासँग जोडिएको मिक्वाखोला गाउँपालिका–५ का वडा सदस्य तथा स्थानीय तोप्ला शेर्पाले बताए। यस पोखरीलाई त्यहाँको स्थानीय शेर्पा समुदायले छोनासिङ पोखरी भन्ने गरेको शेर्पाले बताए। यहाँ पुग्ने जोकोहीलाई यस पोखरीले लोभ्याउने गर्छ । 

शेर्पा समुदायका अनुसार पोखरी धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । हरियाली डाँडाबीच रहेको अण्डाकार पोखरीको वरिपरि हरियाली दृश्यले यो क्षेत्र झनै सुन्दर देखिन्छ । मिक्वाखोला–५ सिम्बुकका पान्दे शेर्पाका अनुसार पोखरी अवलोकन गर्न आउने पर्यटक पोखरीको छेउमा बसेर शान्तिको अनुभूति लिने र तस्बिर कैद गरेर फर्कने गरेका छन् । 

यस क्षेत्रको प्रवर्द्धनका लागि सरोकारवालाले अहिलेसम्म खासै योजना बनाएको देखिँदैन । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकलाई लेक लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुने गरेको स्थानीय बताउँछन् । यो क्षेत्र अवलोकन गर्न एक साता लाग्छ । मानव बस्ती नभएकाले बस्नका लागि याकगोठ र भेडीगोठको भर पर्नुपर्ने मिक्वाखोला–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए । केही ठाउँमा भने यहाँका समुदायले आफ्ना आफन्तको सम्झनामा धर्मशाला पाटी बनाएका छन् । आवश्यक पर्ने खाद्य सामग्रीसमेत आफैँले जोहो गरेर लैजानु पर्छ ।

पछिल्लो समयमा गाउँपालिकाले  यस क्षेत्रको प्रवर्द्धनमा चासो देखाउन थालेको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको प्रचारप्रसार गर्न बजेट विनियोजन गरिएको उनले बताए । पछिल्लो समय आन्तरिक पर्यटक यहाँ पुग्न थालेका छन् ।