२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिने जनजागरण अभियान सुरु गर्दै संघीय लोकतान्त्रिक मोर्चा

अ+ अ-

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौँबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ । वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ ।

आइतबार काठमाडौँमा अभियानको शुभारम्भ गर्दै मोर्चा आबद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजाति लगायत अन्य पछि परेका समुदायलाई उपेक्षा गरेको जनाएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरूले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताए । संविधान बनाउनेहरूबाट संविधानप्रति खतरा रहेको उनको भनाइ छ । ठाकुरले मधेशी समुदायहरूले बराबरको अधिकार पाउन नसकेको भन्दै सबै मिलेर राज्यलाई दबाब दिनुपर्ने धारणा राखे ।

त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद अन्त्य नभए विद्रोह हुने बताए । उनले सुकुम्वासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानुन बनाउन खोजेको आरोप लगाए । यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।

त्यस्तै, राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले देशलाई साझा नबनाई नेपाल बन्न नसक्ने बताए । देशका सबै ठाउँमा बस्ने सबै समुदायको साझा हुने गरी देशलाई अघि बढाउनुपर्ने उनले बताए । उनले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।

संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भाद्र २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ ।