२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ‘हिस्टो प्याथोलोजी’ सेवा

अ+ अ-

गण्डकी । क्यान्सरलगायत सङ्क्रमणजन्य रोगको प्रयोगशाला परीक्षणका लागि गण्डकी प्रदेश सरकारअन्तर्गत पहिलोपटक ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गरिएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले गत बिहीबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस सेवामार्फत शरीरका अंग तथा तन्तुको सुक्ष्म परीक्षण गरी क्यान्सरलगायतका रोग पत्ता लगाउन सकिने प्रयोगशालाका निमित्त प्रमुख डा विश्वराज बरालले बताए। 

“शरीरको भित्री र बाहिरी अङ्गको केही भाग निकालेर त्यसको प्रशोधन र सुक्ष्म परीक्षण गरी रोग पत्ता लगाइन्छ”, उनले भने, “हिस्टो प्याथोलोजी जाँचबाट क्यान्सरलगायत जुनसुकै रोगको निदान गर्न सकिन्छ ।” संघ सरकारअन्तर्गतका अस्पताल र अन्य केही निजी अस्पतालमा यो सेवा केही वर्षअघिदेखि सुरु भएपनि प्रदेशको स्वास्थ्य मन्त्रालयले पहिलोपटक ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गरेको हो । 

स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य सेवा विस्तार र सुदृढीकरणमा यो सेवाबाट महत्वपूर्ण टेवा पुग्ने बताए । “प्रदेश सरकारमार्फत ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्नेमा हामी पहिलो बनेका छौँ, प्रयोगशाला जाँचमा अत्याधुनिक प्रविधि भित्राएका छौँ”, उनले भने, “क्यान्सर परीक्षणका लागि अन्यत्रका अस्पताल जानुपर्ने बाध्यता हटेको छ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट सहज रूपमा यो सेवा उपलब्ध छ ।” 

उक्त प्रयोगशालाले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिँदै आएको छ । सरकारी र निजी जुनसुकै अस्पतालबाट आएका नमुना परीक्षण गर्ने गरिएको प्रयोगशालाका निमित्त प्रमुख डा बरालले बताए । “दिनमा ५० देखि एकसय जनासम्म बिरामीलाई परीक्षण सेवा प्रदान गर्दै आएका छौँ, प्रयोगशालामा २२ जना कार्यरत छौँ”, उनले भने ।