काठमाडौँ । संघीय संसद सचिवालयका उपसचिव कान्छा दुलाल सहसचिव पदमा बढुवा भएका छन्।
संघीय संसद सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकीत प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बिहीबार दुलाललाई बढुवा नियुक्तिको पत्र दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
दुलाल ३४ वर्षदेखि संघीय संसद सचिवालयमा कार्यरत छन् ।







