२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पाण्डेको विरोध गर्ने केन्द्रीय सदस्यलाई लोसपाले गर्‍यो पार्टीबाट निष्कासन

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी निर्णय विपरीतका अभिव्यक्ति दिएका केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र)लाई निष्कासन गरेको छ ।

पार्टी अध्यक्ष महन्त ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै गुप्तालाई पार्टीको प्रतिष्ठामा आँच आउने र पदीय मर्यादा विपरीतका अभिव्यक्ति दिएको भन्दै निष्कासन गरिएको जनाएका छन् ।

उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । रुपन्देही निवासी गुप्ता गत निर्वाचनमा लोसपाबाट प्रदेश सभाको उम्मेदवार बनेका थिए ।

आइतबार मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै नेता गुप्ताले पार्टी र संसदीय दलप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । गुप्ताले यसअघि पटक पटक अवसर पाएकाले गुप्ताभन्दा दलका उपनेता तथा केन्द्रीय सदस्य कनैया बानियालाई मन्त्री बनाउनुपर्ने बताउँदै आएका थिए ।

संसदीय दलका नेता तथा पार्टीको प्रदेश अध्यक्ष पाण्डेले कुनै जानकारी नदिई आफै मन्त्री बनेको भन्दै बानियाले पनि आपत्ति जनाउँदै आएका छन् । प्रदेश सभामा एकै दिन सत्तापक्षबाट विपक्षमा गएर बजेट पास गरेको विषयमा आलोचित बनेका पाण्डेका विरुद्ध लोसपामा असन्तुष्ट समूहले विरोध गर्दै आइरहेको छ ।

दोहोरिएर प्रदेश सभामा आएका मन्त्री पाण्डे जसरी पनि सरकारमा जाने र अहिलेसम्म ४ पटक मन्त्री बनिसकेको भन्दै कार्यकर्ताले विरोध गरेका छन् ।