२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाले अब १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा पनि प्रतिबन्ध लगाउने भएको छ । अष्ट्रेलियाली सरकारले बुधबार १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टापछि युट्युबमा  पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

१६ वर्षमुनिका किशोरकिशोरीहरुको लागि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धमा युट्युब पनि समावेश गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले जनाएको छ ।

यसअघि युट्युबलाई यो प्रतिबन्धबाट अलग राखिएको थियो । तर अहिले सोही छुटलाई उल्ट्याएको हो । गुगलको स्वामित्वमा रहेको युट्युबलाई छुट दिएको थियो। उक्त प्रतिबन्ध २०२५ डिसेम्बर १० देखि लागू हुने उल्लेख गरिएको छ ।

बुधबार घोषणा गर्दै अस्ट्रेलियाली सरकारले भन्यो-अब युट्युब पनि त्यो सूचीमा पर्नेछ, जहाँ किशोर उमेरका प्रयोगकर्ताहरूलाई पहुँच रोक लगाइनेछ। यस निर्णयले अब कानुनी चुनौतीको सम्भावना पनि देखिएको छ।

यो कदम अस्ट्रेलियाको इन्टरनेट नियामक संस्थाको सिफारिसपछि आएको बताइएको छ । नियामकले सरकारलाई युट्युब प्रतिबन्ध गर्न आग्रह गर्दै हालैको एक सर्वेक्षण अनुसार ३७ प्रतिशत नाबालकहरूले युट्युबमा हानिकारक सामग्री देखेका छन्, जुन सबै सामाजिक सञ्जालमध्ये सबैभन्दा खराब नतिजा  भएको उल्लेख गरेका छन् ।