काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बर्दिया जिल्ला सभापति विपिन पौडेलको मंगलबार राति निधन भएको छ।
भारतको चेन्नईबाट क्रुजमा सिंगापुर जाने क्रममा उनको निधन भएको पार्टीका प्रवक्ता मनिषकुमार झाले जानकारी दिए।
‘चेन्नईबाट परिवारका सदस्य र साथीहरूसँग सिंगापुर जाने क्रममा क्रुजमा हृदयाघातका कारण निधन भएको जानकारी पाएका छौँ,’ झाले भने।
५१ वर्षीय पौडेल रास्वपा स्थापनादेखि नै सक्रिय थिए। उनी सुरुदेखि नै बर्दियाका जिल्ला सभापति रहेको झाले जानकारी दिएका छन्।







