२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२४ घण्टामा देशका विभिन्न स्थानबाट लागूपदार्थसहित २३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीका अनुसार काठमाडौँ, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ अत्तर खेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना,भद्रपुर नगरपालिका-५ मेची पुलबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका-६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट दुई जना, धनगढी उपमहानगरपालिका-१४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो ।

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना,ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट एक,स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दिबाट एक जनालाई लागू औषधसहित पक्राउ गरिएको जनाइएको छ ।
यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-७ किरात चोकबाट सात जना, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१३ आदामारबाट एक जना पक्राउ परेका छन् ।