२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छ’- उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव-वन्यजन्तु द्वन्द्व, बास स्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

‘अन्तर्राष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मानव–वन्यजन्तु द्वन्द्व, बास स्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौतीका रूपमा रहेकाले ती चुनौतीको सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे । “बाघ संरक्षणबाट पर्या–पर्यटनको विकासमा टेवा पुग्न सक्छ । बाघ संरक्षित क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी आर्थिक लाभ लिन सकिन्छ”, उनले भने ।

उपराष्ट्रपति यादवले विश्वमा बाघको छाला, दाँत र हाडका लागि गरिने अवैध सिकारका कारण बाद्धको सङ्ख्या बढ्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै तीव्र रूपमा बढ्दो वनजंगल फँडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारणबाट हुने वन विनाशले बाघको बासस्थान बर्सेनि संकटमा परिरहेको बताए ।

शुभकामना सन्देशमा भनिएको छ, “बाघ संरक्षणमा पछिल्लो दशकमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ, यो सफलता सरकार, स्थानीय समुदाय, संघसंस्था र अन्तर्राष्ट्रिय साझेदारहरूको प्रयासबाट सम्भव भएको हो । संरक्षित क्षेत्रहरूको सन्तुलित व्यवस्थापन, चोरी सिकारी नियन्त्रण, जनचेतना, जनसहभागितालगायत महत्त्वपूर्ण कदमबाट नेपालमा बाघको सङ्ख्या बढ्दै गएको हो, नेपालमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि उत्तिकै थपिएका छन् ।”

उपराष्ट्रपति यादवले बाघको अस्तित्व जोगाउनु एउटा प्रजातिको रक्षामात्र नभई सो विषय वातावरणीय सन्तुलनसँग जोडिएकाले सबैको सहकार्य र समन्वयबाट संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । 

उनले भने, “बाघले जैविक विविधता कायम राख्न सहयोग गर्दछ, अन्तर्राष्ट्रिय बाघ दिवसले हामी सबैलाई बाघ संरक्षणको साझा जिम्मेवारीसहित एकजुटताका साथ अघि बढ्न अभिप्रेरित गर्न सकोस् । दिवसले बाघ संरक्षणको महत्त्वपूर्ण अभिभारालाई दत्तचित्त र सक्रियताका साथ पूरा गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”  

बाघ एउटा सुन्दर र पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण वन्यजन्तुमध्येको एक हो । विश्व भरी यसको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखलाई ‘अन्तर्राष्ट्रिय बाघ दिवस’ का रूपमा मनाइन्छ । 

मानिसलाई वन्यजन्तुप्रति संवेदनशील बनाउँदै तिनको संरक्षणमा स्व:स्फूर्त सहभागिताका लागि अन्तर्राष्ट्रिय बाघ दिवसले अभिप्रेरित गर्ने उपराष्ट्रपति यादवले विश्वास व्यक्त गरे । सरकार र सरोकार भएका सबैलाई बाघको संरक्षणका लागि योजना र कार्यक्रम तर्जुमा गर्नमा बाघ दिवसले सहयोग पुर्‍याउने उनले धारणा राखे ।