२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा

अ+ अ-

काठमाडौँ । इजरायलले गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने घोषणा गरेको छ । 

इजरायली रक्षा बल (आईडीएफ) ले स्थानीय समय अनुसार आइतबार बिहान १० बजेदेखि राति ८ बजेसम्म मानवीय सहायताको उद्देश्यका निम्ति सैन्य गतिविधिमा अस्थायी र सीमित विराम रहने बताएको बीबीसीले जनाएको छ ।

आईडीएफले काम नगर्ने क्षेत्रहरू अल-मावासी, देइर अल-बलाह र गाजा शहरमा विराम सुरु हुने छ । अर्को आदेश नभएसम्म यी क्षेत्रहरूमा दैनिक सैन्य गतिविधिहरूमा रणनीतिक रोक रहने खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको परामर्शपछि यो निर्णय लिएको आईडीएफले बताएको छ ।

यसका साथै गाजा पट्टीका मानिसहरूलाई खाना र औषधि पुर्‍याउने राष्ट्रसंघ र मानवीय सहायता संस्थाका सहायता ट्रकहरूको सुरक्षित आवागमनलाई अनुमति दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म स्थायी सुरक्षित मार्गहरू सिर्जना गरिने बीबीसीले जनाएको छ ।

शनिवार राति गाजामा जहाजबाट सहायता सामग्री खसालेको बताएको इजरायलले त्यसलगत्तै यस्तो घोषणा गरेको हो ।

एक सयभन्दा धेरै संस्थाले गाजामा भोकमरीको चेतावनी दिएका छन् ।

विश्व खाद्य कार्यक्रमका अनुसार गाजाको एक तिहाइ जनसङ्ख्याले केही दिनदेखि खाना खाएका छैनन् र ९० हजार महिला तथा बालबालिकालाई आपत्कालीन सहायताको आवश्यकता छ । अहिलेको वितरण प्रक्रियाका कारणबाट झैझगडा, घाइते हुने र ज्यानै गुमाउनेसमेत जोखिम छ । गाजामा खाद्यान्नसँगै पानीको पनि अभाव छ ।