काठमाडौँ । कोशी सरकारले प्रदेश स्थापना भएपछि ६ सय ४७ किलोमिटर पक्की सडक बनाएको छ ।
प्रदेश सरकार २०७४ सालमा भएको निर्वाचन पछि बनेका सरकारहरूले प्रदेश भरी ३९.१२ किमी आर.सी.सी. सडक बनाएको कोशी प्रदेश सरकारले जनाएको छ ।
आठ वर्षको अवधिमा कोशी प्रदेश सरकारले १५३६.६५ कि.मी. सडक ग्राभेल भएको र ४४५.०१ कि.मी. सडकको ट्रयाक ओपन निर्माण सम्पन्न भएको प्रदेश सरकारले जनाएको छ ।
कोशी प्रदेश सरकारले प्रदेशको २सय २८ किलोमिटर सडक कालोपत्रे गरेको छ । कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा सडक पूर्वाधार क्षेत्रमा ११ वटा बहु वर्षीय सडक अन्तर्गत ११५.२३ कि मी सडक कालोपत्रे भएको हो । यस्तै सो आर्थिक बर्षमा १८ वटा सडकपुल र १६ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ।
यसैगरी ४७.९६ कि.मी. ट्रयाक ओपन, १६.७१ कि.मी. आर.सी.सी. सडक निर्माण, ११३.८९ कि.मी. कालोपत्रे सडक र १७५.४९ कि.मी. ग्रावेल सडक निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।
भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले प्रदेश सरकार स्थापना भएदेखि सञ्चालनमा रहेका ९६ वटा बहु वर्षीय सडक आयोजनामध्ये हालसम्म ४३ वटा सम्पन्न भएका छन् । बाँकी ५३ आयोजनामध्ये ३१ वट आयोजना निर्माणको चरणमा छन् । ११ वटा योजना भने रुग्ण अवस्थामा रहेको मन्त्री राईले बताए ।







