२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिकद्वारा सुर्खेतमा १ करोड ४५ लाख राजस्व संकलन

अ+ अ-

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम पालना, सवारी दुर्घटना न्यूनीकरण र राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

एक वर्षको अवधिमा नियम उल्लंघन गर्ने १७ हजार १ सय ५१ सवारीसाधनमाथि कारबाही गर्दा १ करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो ।

जिल्ला ट्राफिक सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसारका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २९ लाख १५ हजार ५०० रुपैयाँले बढी हो ।

गत वर्ष २०८०/०८१ मा १५ हजार ८ सय ४२ सवारीसाधनमाथि कारबाही गरेर १ करोड १५ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रमुख सुनारले बताए । यस वर्ष संकलित राजस्वमध्ये सबैभन्दा बढी ५४ लाख २६ हजार रुपैयाँ मोटरसाइकलबाट उठाइएको हो भने जीप-कार-भ्यानबाट २३ लाख ४६ हजार ५ सय, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार ५ सय, बस तथा मिनी बसबाट १४ लाख ४४ हजार ५ सय र ट्याक्टरबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।

यस आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन मध्ये ६ हजार ७ सय ५० वटा मोटरसाइकल, ३ हजार ७२ जीप(कार(भ्यान, २ हजार ८ सय ६१ ट्रक–टिपर, २ हजार २५ अटो टेम्पो, १ हजार ६ सय १४ बस/मिनी बस र ८ सय २९ ट्याक्टर रहेको जनाइएको छ ।

यस्तै, गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या भने घटेको ट्राफिक रेकर्डमा उल्लेख छ । २०८०/०८१ मा ६ सय ७३ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु र १ हजार १ सय ८४ जना घाइते भएका थिए भने २०८१/०८२ मा दुर्घटनाको संख्या घटेर ४ सय २३ मा झरेको भए पनि मृत्यु हुनेको संख्या ३८ पुगेको छ । तीमध्ये २९ पुरुष, ६ महिला, १ बालक र ३ बालिका रहेका छन् । मृतकमध्ये १२ जना चालकसमेत छन् । घाइतेको संख्या भने घटेर ९ सय ३६ रहेको ट्राफिक प्रमुख सुनारे बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ हजार ५ सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट १ लाख १३ हजार १ सय २ सवारी चालक, सहचालक र पैदल यात्री लाभान्वित भएका छन्। क्याम्पस, विद्यालय, चालक, सहचालक, सवारी धनी र पैदल यात्रीहरू लक्षित ती कार्यक्रमले जनचेतना अभिवृद्धिमा सघाउ पुर्‍याएको प्रमुख सुनारले बताए ।

सुनारले सुर्खेत ट्राफिक प्रमुख सम्हाले यता दुर्घटना क्षेत्र पहिचान गरी संरचना सुधारका साथै जानकारीमूलक बोर्डहरू राखेको छ भने गति नियन्त्रणका लागि राडर गनको प्रयोग, टीसीए मार्फत कारबाही, ला।प।से। र मा।प।से। जाँचमा कडाइ, ८ सय ८६ वटा रोड फर्निचरको व्यवस्थापन, ८४ वटा मोडिफाइड तथा चर्को आवाजमा चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रविधिमैत्री ट्राफिक प्रशासन विकास गर्न ईचलान प्रणाली, अनलाइन ट्राफिक सचेतना, ट्राफिक लाइट जडान लगायतका कार्यहरू गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

यसरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक अनुशासन, प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धि मार्फत दुर्घटना न्यूनीकरण र राजस्व संकलन दुबैमा प्रशंसनीय प्रगति गरेको छ ।