२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गड्डाचौकी भन्सारबाट निर्यात शून्य

अ+ अ-

काठमाडौँ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ । कोरोना महामारी अघिसम्म न्यून मात्रामा भए पनि यहाँबाट घ्यू र हातले बनाएका सामग्री निर्यात हुने गरेको थियो ।

पछिल्ला वर्षमा यो नाका भएर निर्यात हुन छाडेको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले जानकारी दिए । शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालवाहक सवारीसाधन आवतजावत गर्न नदिनु, सीमित समयका लागि पुल खोल्नुलगायत कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको भन्सार कार्यालयमा निर्यात शून्य रहेको उनले बताए ।

‘कोरोना अघिसम्म थोरै भए पनि निर्यात हुन्थ्यो, अहिले नगन्य मात्रामा छ, शून्य जस्तै छ’, उनले भने । प्रमुख काफ्लेले यो नाका सानो भएका कारण आयातबाट समेत लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन।

उनले आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यको ८० प्रतिशत मात्रै राजस्व संकलन हुन सकेको बताए । ‘गतवर्षको तुलनामा यसवर्ष रु. पाँच करोड ७७ लाख राजस्व बढी उठाएका छौँ’, उनले भने, ‘यो भन्सार कार्यालयको राजस्व संकलन गर्ने क्षमता रु ५४ करोड मात्रै हो, भन्सार विभागले हरेक वर्ष राजस्व संकलनको लक्ष्य बढाउँदै जाँदा त्यसअनुसार राजस्व संकलन गर्न सकिँदैन।’

उनका अनुसार आर्थिक वर्ष २०८१र८२ मा रु ७४ करोड पाँच लाख ५९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ५९ करोड ७७ लाख ५८ हजार मात्रै राजस्व असुल भएको छ । ‘शारदा ब्यारेज पुरानो र जीर्ण भएका कारण एकतर्फी तथा सीमित समयका लागि खुल्ने गर्छ र एक चोटीमा १० टनभन्दा बढी सामान ल्याउन दिँदैन।’

भन्सार प्रमुख काफ्लेले भने, ‘यहाँबाट व्यापारीले सिधै मालवाहक सवारी साधन ल्याउन सक्दैनन्, जसका कारण ठाउँ ठाउँमा लोड अनलोडमा लागत बढ्छ, यसले गर्दा पनि अन्य यो नाकाबाट ठूलो मात्रामा आयात हुँदैन।’

प्रमुख काफ्लेका अनुसार राजस्व विभागले पनि कुनै अध्ययनबिना हरेक वर्ष लक्ष्य मात्रै बढाउने गरेका कारण पनि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो । उनका अनुसार कञ्चनपुर भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७८र७९ मा रु ५२ करोड राजस्व संकलनको लक्ष्य राखेकामा रु ४६ करोड मात्रै राजस्व संकलन भएको थियो ।

त्यसैगरि आर्थिक वर्ष २०७९र८० मा रु ५८ करोड राजस्व संकलनको लक्ष्य राखेकामा रु ४२ करोड मात्रै राजस्व संकलन भएको थियो । सुदूरपश्चिममा व्यापारिक नाका नै नभएका कारण यहाँ राजस्व संकलन हुन नसकेको यहाँका व्यवसायी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जंकबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व संकलन गर्ने लक्ष्य मात्रै बढाउने गरेका कारण राजस्व संकलनमा कमी आएको बताए ।

‘सुदूरपश्चिममा व्यापारिक नाका छैन, पश्चिमी नाका गड्डाचौकी सानो नाका हो, शारदा ब्यारेज सीमित समयका लागि मात्रै खुल्छ ठूलो मात्रामा व्यवसायीको सामान आउँदैन’, उनले भने, ‘अहिले व्यापार व्यवसायमा कमी आएको छ, सरकारले राजस्व संकलनको लक्ष्य बढाएका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन सक्दैन।’

उनले सरकारले नाकामा हुने चोरी तस्करी नियन्त्रण गर्न सके राजस्व संकलनमा वृद्धि हुने बताए । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र८२ मा चोरी तस्करीका एक हजार दुई सय ७६ मुद्दा दर्ता गरेको छ।