२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारका समस्या समाधान गर्न व्यवसायीको माग

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रम क्षेत्रको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष धनलाल जैसी नेतृत्वको टोलीले मन्त्रालयमा मंगलबार बुझाएको ज्ञापन पत्रमा वार्षिक न्यूनतम १०० जना कामदार पठाउनुपर्ने प्रावधान हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मञ्चले धन्यवाद दिएको हो ।

वैदेशिक रोजगार ऐनमा दुई वर्षसम्म लगातार वार्षिक १०० जना कामदारलाई वैदेशिक रोजगारीका नपठाउने मेनपावर व्यवसायीको इजाजत नवीकरण नगरिने व्यवस्था रहेको थियो ।

हालै केही नेपाल ऐन संशोधन मार्फत उक्त प्रावधान हटाइएको थियो । मञ्चले त्यसतर्फ धन्यवाद दिएको हो ।

मञ्चले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन मन्त्री भण्डारीले महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरिएको छ ।

उक्त अव्यवहारिक र विभेदकारी अभ्यासलाई हटाएर व्यवसायीलाई काम गर्ने वातावरण सिर्जना हुने विश्वास व्यवसायीले व्यक्त गरेका छन् ।

धन्यवाद ज्ञापनसँगै मञ्चले वैदेशिक रोजगार क्षेत्रमा देखिएका पाँच प्रमुख समस्याहरूलाई तत्काल समाधान गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ ।