२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले रुपन्देही-३ मा उम्मेदवार हुन इच्छुकसँग माग्यो निवेदन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ ।

आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन् ।

निवेदन दिएकाहरूको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

उम्मेदवारी उपर दाबी विरोधका लागि दुई दिन (साउन २३ र २४) का लागि छुट्याइएको छ । २५ साउनमा उम्मेदवारका लागि निवेदन दिनेहरूसँग छलफल राखिएको छ ।

२५ साउनमा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशिता लगायतका लागि कार्यतालिका निर्धारण गरिएको छ ।

रास्वपाले रुपन्देही-३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्याइएको छ ।

उम्मेदवार चयन १५ भदौमा गर्ने रास्वपाले जनाएको छ । उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइलबाट निवेदन दिन सक्नेछन् ।

निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ का लागि उपनिर्वाचनको समय तोकेको छ ।

राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।