काठमाडौँ । लोक सेवा आयोगले इञ्जिनियरिंग जियोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै इञ्जिनियरिंग जियोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर१७२८४-१७२८६/०८१-८२ (खुला तथा समावेशी) नेपाल इञ्जिनियरिंग सेवा, जियोलोजी समूह, जनरल जियोलोजी/इञ्जिनियरिंग जियोलोजी उपसमूह, रा.प. तृतीय श्रेणी, जियोलोजिष्ट/सिस्मोलोजिष्ट/इञ्जिनियरिंग जियोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सुची :
यस्तै, लोक सेवा आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८२/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिंग सेवा, मेटेरियोलोजी समूह, रा.प. तृतीय श्रेणी, मेटेरियोलोजिष्ट पदमा पनि उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सुची :

यसैगरी आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८१/०८१-८२ (खुला) नेपाल इञ्जिनियरिंग सेवा, केमिकल इञ्जिनियरिंग समूह, रा.प. तृतीय श्रेणी, केमिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको जनाएको छ ।
हेर्नुहोस् सुची :








