२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री डा. राणासँग इजरायली राजदूतको भेट

अ+ अ-

काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले नेपालका लागि इजरायली राजदूत श्मुलिक आरिए बास्‌सँग भेटवार्ता गरेकी छन् । 

परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने विषयमा कुराकानी भएको मन्त्री डा. राणाले जानकारी दिइन् ।

भेटबारे मंगलबार बेलुकी सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्री डा. राणाले लेखेकी छन्, ‘इजरायलका राजदूत महामहिम श्मुलिक एरिए बाससँग शिष्टाचार भेट भयो, नेपाल–इजरायल सम्बन्ध सुदृढ बनाउने, कृषि, शिक्षा, प्रविधि र विकासमा सहकार्य बढाउने तथा साझा विश्वव्यापी चासोका विषयमा छलफल गरियो ।’

भेटमा द्विपक्षीय सम्बन्ध विस्तारसँगै आपसी हित तथा कृषि प्रविधि र शैक्षिक सहकार्यमा थप समझदारी र कार्यक्रम सञ्चालन गर्ने विषयमा कुराकानी भएको उनले उल्लेख गरेकी छन् ।

नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भएको छ । पछिल्ला वर्षहरूमा इजरायली प्रविधिबाट नेपाली कृषकलाई तालिम दिने, श्रमिक पठाउने लगायतका कार्यक्रममा दुई देशबीच सहकार्य हुँदै आएको छ । हाल इजरायलमा ५५०० भन्दा बढी नेपालीहरू रहेको सरकारी तथ्याकं छ ।

युद्धग्रस्त क्षेत्र इजरायलमा नेपालीको सुरक्षाबारे चिन्ता व्यक्त हुँदै आएको छ । पछिल्लो भेटमा सो बारे कुरा भए नभएकोबारे भने मन्त्री डा. राणाले केही उल्लेख गरेकी छैनन् ।