२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी विधानमा संगठित सदस्यता खोस्नेबारे नयाँ व्यवस्था हुनुपर्ने प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी विधानमा संगठित सदस्यता खोस्नेबारे नयाँ व्यवस्था हुनुपर्ने प्रस्ताव गरेकी छिन् ।

जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा उनले कुनै पनि फौजदारी अभियोग नलागेका सदस्यको सदस्यता खोस्न नपाइने व्यवस्था कायम हुनुपर्ने बताइन् ।

‘विधानमा एउटा अपरिहार्य बुँदा थपिनुपर्छ । संगठित सदस्य कुनै पनि फौजदारी अभियोग नलागीकन खोस्न नपाइने व्यवस्था कायम गरियोस्,’ तिम्सेनाको प्रस्ताव छ ।

उनले पार्टी बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले राखेको प्रतिवेदनमा आलोचनात्मक समर्थन रहेको जानकारी गराइन् ।

‘एमालेको नेतृत्व प्रतिवेदन लेख्न पनि नभ्याउने स्थितिमा पुगेको कुरा त्यति शोभनिय लागेन, मौखिक भाषण गर्दा पेश गर्नुभएका दाबीहरू अपूरा छन्,’ उनले भनिन्, ‘पार्टी कमिटीभित्र तपाईँहरूले पेस गर्नु भएका कुराहरू समाजमा मेल खाँदैनन् ।’

उनले काठमाडौँमा प्रतिगामी तत्त्वहरूले गरेका प्रदर्शनका क्रममा पार्टी नेतृत्व गम्भीर नभएकोप्रति ध्यानाकर्षण गराइन् ।

कुनै व्यक्ति विशेषलाई हेरेर पार्टीको विधान बदल्नु भन्दा संगठनलाई बलियो बनाउने गरी विधान संशोधन गर्न सुझाव दिइन् ।

‘वर्तमान अध्यक्ष कमरेडेले २ वर्षे कार्यकाल चलाइ सक्नुभयो । उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनुभएको छ,’ तिम्सेनाले भनिन्, ‘अब निशर्त नेतृत्व हस्तान्तरण पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो । कोअर्डिनेसन केन्द्रदेखिका कमरेडहरू हुनुहुन्छ, आपसी समझदारीमा जो अध्यक्ष भए पनि कमिटी मातहत रहेर पार्टी चल्ने कुराको ग्यारेन्टी अबको विधानले निर्धारण गर्नुपर्छ ।’

उनले पार्टी घेराबन्दीमा पर्‍यो भन्नुभन्दा पनि त्यो तोड्न किन नसकेको भन्दै प्रश्न गरिन् ।

‘सधैँ पार्टी घेराबन्दीमा पर्‍यो, पर्‍यो भनिन्छ, सरकारमा हुँदा पनि घेराबन्दीमा, प्रतिपक्षमा हुँदा पनि घेराबन्दीमा कसरी हुन्छ ?,’ उनले भनिन्, ‘यो घेराबन्दी तोड्न हाम्रो यति ठूलो संगठनात्मक शक्ति भएको एमालेले किन नसकेको हो ?’