२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईले भने-‘सदस्यता नवीकरण प्राविधिक विषय हो, पहिले राजनीतिक सहमति हुनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईको सदस्यता नवीकरण प्राविधिक विषय मात्रै भएको बताएका छन् । 

राजनीतिक विषय टुंगिएपछि सदस्यताको नवीकरण कुनै ठूलो मुद्दा नहुने उनको भनाइ छ ।

आज च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले मध्यमार्गी धारणा राखे । उनले दुई नेताहरूको छलफलबाट निष्कर्ष निस्किने आशा व्यक्त गरेका छन् ।

‘आजको भेटघाट नेकपा एमालेका निम्ति महत्त्वपूर्ण छ । हाम्रो पार्टीभित्र आएका विषयवस्तुलाई कसरी हल गरिन्छ भन्ने मोडल पनि आज देखिनेछ,’ उनले भने ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणसम्बन्धी विवादमा भट्टराईले यो ठूलो इस्यू नभएको टिप्पणी गरे ।

उनले भने, ‘सदस्यता नवीकरण भनेको केबल प्राविधिक कुरा हो । प्राविधिकभन्दा पहिले राजनीतिक कुरा टुंगिनुपर्छ । राजनीतिक कुरा टुंगियो भने त्यो अनुसार प्राविधिक कुरा पनि सल्टिहाल्छ । पूर्वराष्ट्रपतिज्यू राजनीतिमा आउने सहमति भयो भने सदस्यता तत्कालै लिन सकिन्छ । यदि राजनीतिमा फर्किनु उचित छैन भन्ने भयो भने नवीकरण नै भएको छ भने पनि निष्क्रिय हुन्छ होला । प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक नै छैन । गीत-संगीत तयार भएपछि पो कसरी नाच्ने भन्नु कुरा आउँछ ।’

आजको संवादमा नेताद्वयबीच जे सहमति हुन्छ त्यही नै हुने भट्टराईको भनाइ छ ।