पाल्पा । पाल्पामा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रामपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय खुम बहादुर क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । खुम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय पदम दर्जीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मोरङ मिक्लाजुङ गाउँपालिका-९ वान डाँडामा बस्ने दर्जीलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पदमले ती किशोरीलाई दमक नगरपालिका-३ स्थित छाप्रामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
हाल दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







