२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइक्यानद्वारा ‘राष्ट्रिय बीपीए अवार्ड’ वितरण

अ+ अ-

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले १०औँ परिषद् दोस्रो कार्यकालका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण तथा ‘राष्ट्रिय बीपीए अवार्ड’ वितरण गरेको छ ।

कार्यक्रममा आइक्यानको २९औँ अध्यक्षका रूपमा चार्टर्ड एकाउन्टेन्ट (सीए) निलबहादुर सारू मगर र उपाध्यक्षमा सीए आनन्दराज शर्मा वाग्लेलाई शपथ गराइएको थियो ।

राष्ट्रिय बीपीए अवार्डतर्फ निजी क्षेत्रका बैंकहरूमा नबिल बैंकले गोल्ड, सिद्धार्थ बैंकले सिल्भर र नेपाल एसबीआई बैंकले ब्रन्ज अवार्ड पाप्त गरे भने एभरेस्ट बैंक, माछापच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नपाल सर्टिफिकेट अफ मेरिट पाप्त गरे ।

सार्वजनिक क्षेत्रका बैंकिङ संस्थामध्ये कृषि विकास बैंकले सिल्भर अवार्ड जित्यो । वित्तीय सेवा क्षेत्रमा कामना सेवा विकास बैंकले गोल्ड, महालक्ष्मी विकास बैंकले सिल्भर र मुक्तिनाथ विकास बैंकले ब्रन्ज अवार्ड पाप्त गरेका छन् भने प्रभु क्यापिटल लिमिटेड, लुम्बिनी विकास बैंक र शाइन रेसङ्गा डेभलपमेन्ट बैंकले सर्टिफिकेट अफ मेरिट पाए ।

त्यस्तै निर्जीवन बीमातर्फ नेपाल इन्स्योरन्स कम्पनीले गोल्ड, शिखर इन्स्योरन्स कम्पनीले ब्रन्ज र हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सर्टिफिकेट अफ मेरिट हासिल गरे । जीवन बीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरन्स कम्पनीले सिल्भर र आईएमई लाइफले सटिफिकट अफ मरिट पाप्त गरे ।

उत्पादन क्षेत्रमा युनिलिभर नेपाल लिमिटेडले गोल्ड, बोटलर्स नेपाल (तराई) लिमिटेड र हिमालयन डिस्टिलरी लिमिटेडले ज्वाइन्ट ब्रन्ज तथा बोटलर्स नेपाल लिमिटेडले सर्टिफिकेट अफ मेरिट प्राप्त गरे । पावर र ऊर्जा क्षेत्रमा बुटवल पावर कम्पनीले सर्टिफिकेट अफ मेरिट पायो भने सेवा क्षेत्रमा ओरिएन्टल होटल्स लिमिटेडले ब्रन्ज अवार्ड जित्यो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, आइक्यानका निवर्तमान अध्यक्ष सीए प्रवीणकुमार झा, महालेखा परीक्षक तोयम राया, महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ लगायत उपस्थित थिए ।

आइक्यानले प्रत्येक वर्ष राष्ट्रिय बीपीए अवार्डका लागि प्रतिस्पर्धा आयोजना गर्दै आएको छ । राम्रो वित्तीय प्रतिवेदन र सान्दर्भिक जानकारीको खुलासा प्रोत्साहन गर्ने तथा नेपालमा वित्तीय प्रतिवेदनको उच्च मापदण्ड कायम गर्ने उद्देश्यले अवार्ड प्रदान गरिन्छ ।

राष्ट्रिय बीपीए अवार्डका विजेताहरू दक्षिण एसियाली लेखापाल महासंघ (साफा) द्वारा आयोजित ‘साफा लेभल बीपीए अवार्ड’ भाग लिन सिफारिस हुने आइक्यानले जनाएको छ ।