२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुक्खा क्षेत्र घोषणापछि कृषि मन्त्रालयले मधेशमा अध्ययन टोली परिचालन गर्दै 

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका ८ जिल्लामा सुक्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती जिल्लामा अध्ययन टोली पठाउने भएको छ ।

हालको अवस्थामा समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिक टोली पठाउने निर्णय भएको हो ।

टोली आइतबार उक्त क्षेत्र पुग्ने छ । शुक्रबार कृषि मन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका कर्मचारीसँग छलफल गरी तुरुन्तै ती क्षेत्रमा टोली पठाउन निर्देशन दिएका हुन् ।

मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रबाट २/२ जनाको दरले टोली पठाउने निर्णय भएको हो । टोलीले मधेश प्रदेशमा रहेका मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीसँग पनि समन्वय गर्ने छ ।

मधेश प्रदेश सरकारले लामो समय पानी नपर्दा खानेपानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिनअघि सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

मन्त्री अधिकारीले अबका केही दिनभित्र वर्षा नभएको अवस्थामा तीनै तहको सरकारले विकल्प खोज्नुपर्ने मन्त्रालय मातहत सबै निकायलाई त्यसतर्फ लगाउनुपर्ने बताए ।

हाल रहेका सिँचाइ संरचना पूर्णरूपमा सञ्चालन गरी सिँचाइका लागि अन्य विकल्प के-के हुन सक्छन् भनेर सम्बन्धित निकायसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जानकारी दिए ।

मधेशका ८ जिल्लामा हालसम्म करिब ४६ प्रतिशत रोपाइँ सकिएको मधेश प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।