२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधारमन्त्रीको एक वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको एक वर्षमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीबृज जडान भएको जानकारी दिएका छन् ।

पछिल्लो एक बर्षको आफ्नो कार्यकालमा भएको कामकारवाहीका विषयमा जानकारी दिन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले एक वर्षको अवधिमा ९३० कि.मि. कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९३२ किमि कालोपत्रे सम्पन्न, १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीबृज जडान भएको जानकारी दिएका हुन् ।

मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरूको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको उनले बताए । 

उनले आयोजनाहरू शुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाइएको जानकारी दिए ।

सवारी चालक अनुमति पत्र छपाई प्रदेश स्तरबाटै सुरुवात गर्न विषयगत समितिको बैठकबाट निर्णय भइसकेको भन्दै अव लामो समय सम्म अनुमति पत्र नपाइने समस्याको अन्त्य हुने दाबी गरे । यसैगरी छपाई गरी वितरण गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइका लागि सुरक्षण मुद्रण केन्द्रसँग समझदारी भइसकेको उनले जानकारी दिए ।

समुद्रमा नेपाली झण्डावाहक पानी जहाज सञ्चालन गर्ने नेपालीको सपना पनि अब साकार हुने दिशा तर्फ अघि बढेको भन्दै उनले यसका लागि पानी जहाज विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएको जिकिर गरे ।

त्यस्तै, मन्त्री दाहालले बाढीका कारण क्षतिग्रस्त रसुवाका सडक सञ्चालनका लागि ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए । नागढुंगा सुरुङमार्ग अन्तर्गत टनेल संरचनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई अन्य प्रक्रिया जारी रहेकाले आगामी कार्तिकबाट सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।

त्यस्तै, मन्त्री दाहालले रेलमार्ग विस्तारकालागि बर्दिवास क्षेत्रमा देखिएको मुआब्जा तथा क्षतिपूर्तिको समस्या समाधानका लागि काम अघि बढाईएको धारणा राखे । बर्दिवास-चोचा रेलमार्ग खण्डमा ३ वटा रेलपुल निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए ।