२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीको गाउँब्लकका भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

अ+ अ-

सप्तरी । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका-४ स्थित सिल्हट पर्साहीका १२० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार आयोजित कार्यक्रममा ती परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिएको हो ।

लामो समयदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नपाएका स्थानीयवासीले जग्गाधनी पुर्जा पाएपछि खुसी व्यक्त गरेको छन् । नापी कार्यालय सप्तरीअन्तर्गत ३ नं नापी टोली राजविराजका प्रमुख सतिश यादवका अनुसार साबिकको फुलकाही गाविस-६ देखि ९ सम्मका करिब ६० प्रतिशत लालपुर्जा वितरण गरिसकिएको छ । बाँकी लाभग्राहीका लागि २१ दिने सूचना प्रकाशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

“केही स्थानमा नक्सासम्बन्धी समस्या देखिएकाले तत्काल वितरण सम्भव भएन, तर सुधार गरी ती लालपुर्जा पनि चाँडै उपलब्ध गराइनेछ”, यादवले भने ।   

नगरप्रमुख आतेशकुमार सिंहले बाँकी वडामा पनि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाइने बताए । “पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकले लालपुर्जा नहुँदा सरकारी सेवा, कर्जा सुविधा, घरजग्गा दर्तालगायत धेरै समस्यामा भोग्नुपरेको थियो”, उनले भने, “अब बिस्तारै सम्पूर्ण नगरभरिका गाउँब्लक जग्गाधनीलाई लालपुर्जा प्रदान गरिनेछ ।” रासस