२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती विधेयक राष्ट्रिय सभामा सञ्चार मन्त्रीले पेश गर्ने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पेश भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रस्तुत हुने भएको छ ।

मंगललवार राष्ट्रिय सभाको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव रहेको छ ।

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, घुस लेनदेनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री गुप्ताले मंगलवार बिहानै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिइसकेका छन् ।

मन्त्री गुप्ताले राजीनामा दिएसँगै संघीय निजामती विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्ने भएका छन् ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद आनन्दप्रसाद ढुंगाना, जगप्रसाद शर्मा, जयन्तीदेवी राई, मोहम्मद खालिद, शेखरकुमार सिंह, दुर्गा गुरुङ, राजेन्द्रलक्ष्मी गैरे, राधेश्याम पाश्वान र सोनाम गेल्जेन शेर्पाले भाग लिने गरी नाम दर्ता गराएका छन् । विधेयकमाथि करिब डेढ घण्टा छलफल हुने कार्यसूची रहेको छ ।