२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ सम्पन्न

अ+ अ-

काठमाडौँ । विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा २१२औँ भानु जयन्तीको अवसर पारेर आयोजना गरेको ‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ आज सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष-२०८२ सचिवालयले आयोजना गरेको महोत्सव  नगरप्रमुख जीवन खत्रीको सभापतित्व एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रमको शुभारम्भमा कवि डा. सुलोचना मानन्धरले नगरकोटमा रहेको रानीझुलाका बारेमा लेखेको कविता वाचन गरेकी थिइन् । त्यसपछि कविहरू श्रवण मुकारुङ, स्नेह सायमी, नारायण श्रेष्ठ, गीता त्रिपाठी, मणि लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना, विमला तुम्खेवा र पुरु लम्सालले कविता वाचन गरे । 

त्यस क्रममा विना थिङ, डा. सरोज धिताल, लक्ष्मी माली, लक्ष्मी रुम्वा, लक्ष्मी थापा, प्रगति राई, अनन्त वाग्ले, धर्मेन्द्रविक्रम नेम्वाङ, दीपक सापकोटा, गुरुङ सुशान्त, अमन प्रताप अधिकारी, सीता तुम्खेवा, स्वप्तिन स्मृति, जुनु घिमिरे, दधिराम गेलाल, नरेन्द्रकुमार गेलाल, अप्सरा लावती, विप्लव प्रतीक, रामशरण न्यौपाने, रामगोपाल आशुतोष, कविराज घिमिरे र जनार्दन रिजालले सम्पदामाथि लेखिएका कविता वाचन गरेका थिए ।

चाँगुनारायण मन्दिर परिसरमै बसेर कलाकारहरूले बनाएका यस क्षेत्रका विभिन्न सम्पदाका चित्र अवलोकन गर्दै कविहरूले कविता कोरेका थिए । कलाकार अर्थात् चित्रकारहरू मुकेश श्रेष्ठले मनोहरा फाँट, जुजुभाइ बाँस श्रेष्ठले सरस्वती मन्दिर, दीपेन्द्रमान बनेपालीले तामाङ सेलो नृत्य, चाँगुनारायणवासी सरोज लामिछानेले रानीझुला (लामो झोलुंगे पुल)लाई क्यान्भासमा उतारेका थिए । 

स्थानीय कलाकार अञ्जन अधिकारीले बाँस्तोला गाउँको होमस्टे, पर्वत श्रेष्ठले महामञ्जुश्री मन्दिर, अंशुराम खाइजुले नगरकोट भ्यू प्वाइन्ट, मंगलकृष्ण प्रजापतिले माउन्टेन रेञ्ज, राजन श्रेष्ठले ज्योतिर्लिंगेश्वर महादेव, रामशरण प्रजापतिले चाँगुनारायण मन्दिर, गौरीमाया कोजुले वाल्मीकेश्वर महादेव, दीपेशमान सिंप्रधानले वोझिनी ड्यामलाई चित्रमा आकर्षक रूपमा उतारेका थिए । 

यस्तै, कलाकार झलक केसीले चाँगुनारायण मन्दिर, चन्द्रा श्रेष्ठले तामाङ जनजीवन, राधेश्याम कर्माचार्यले त्रिपुरासुन्दरी, किशोर नकर्मी गौतमले बुद्धलगायत विभिन्न चित्र क्यानभासमा उतारे । आज दिनभर चाँगुनारायण प्रांगणमा प्रदर्शनीमा राखिएका चित्र हेरेर कविहरूले पहिलो चरणमा कविता रचना गरेका थिए भने त्यही कविता दोस्रो चरणमा वाचन गरेका थियो । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता वाचन गर्ने कवि एवं चित्र कोर्ने कलाकारलाई कदरपत्रसहित सम्मान गरे । उनले मठमन्दिर बनाएर मात्रै हुँदैन भन्दै कला, संस्कृति र भाषालाई जोगाएर विश्वमाझ पस्कन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । 

चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले नगरपालिका कला, साहित्य, सम्पदा र ऐतिहासिक धरोहरको संरक्षण गर्न सधैँ तत्पर रहेको भन्दै त्यसका लागि नगरपालिका साहित्यिक प्रतिष्ठान स्थापना गरिने बताए । उनले भने, “लोकतन्त्र स्थापनाको मूल आधार कला र साहित्य नै हो भन्ने यथार्थलाई भुल्न सकिँदैन । साहित्यले नै विश्वमा ठूला परिवर्तन सम्भव भएका उदाहरण छन्, अप्राकृतिक वस्तु देखाएर पर्यटक आकर्षित गर्ने जमानामा हामीसँग रहेका ऐतिहासिक, धार्मिक, सम्पदाका बारेमा प्रचार गरेर विश्वभरका पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चाँगुनारायणको आँगनमा कला र साहित्यलाई एकैसाथ पस्किएका हौँ ।”

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, शंकरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, चाँगनारायण नगरपालिका-४ का वडाध्यक्ष रोजबहादुर तामाङ, समीक्षक गुरुङ सुशान्त र कुमारी लामाले कला र साहित्यको फ्युजनका रूपमा आयोजना गरिएको महोत्सव उत्कृष्ट रहेको चर्चा गर्दै यसलाई अरू पालिकाले पनि अनुशरण गर्नुपर्ने बताए ।