२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभाबाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदै

अ+ अ-

काठमाडौँ । संघीय संसद्‍बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै छन् ।

संसद सचिवालयका अनुसार विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि छलफल भएर पारितको प्रक्रियामा अगाडि बढ्नेछ ।

यो विधेयक २६ वैशाख २०८० मा प्रतिनिधि सभामा आएको थियो । १६ वैशाख २०८२ मा प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । १७ असार २०८२ मा राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधि सभामा पठाएको थियो ।

राष्ट्रिय सभामा भएको संशोधनका सम्बन्धमा प्रतिनिधिसभामा छलफल हुन लागेको हो । प्रतिनिधिसभाले राष्ट्रिय सभाले गरेको संशोधन स्वीकार गरेपछि अगाडि बढ्छ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रूपान्तरित भएर लागु हुन्छ । जसले ७९ वटा विभिन्न ऐन संशोधन गर्नेछ ।