२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश सभा बैठक अवरुद्ध

अ+ अ-

जनकपुर । मधेस प्रदेश सभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ । 

बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन बनाएको कार्यदल गठनमा असहमति जनाउँदै विरोध गरे । मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिबद्धता दिएअनुसार कार्यदल गठन नभएको उनको भनाइ छ । 

छानबिन कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको नाम राखेपछि प्रतिपक्षी दलले विरोध जनाएका छन् । कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म अवरोध जारी राख्ने प्रतिपक्षी दलको अडान छ । 

सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम आएको अभ्यास नयाँ भएको र सरकारलाई अल्पमतमा राखेर कार्यदल गठन हुने अभ्यास पनि नयाँ रहेको बताए । 

सभामुख मण्डलले आर्थिक विधेयक पूरा हुन दिन र विनियोजन विधेयकमा असहमति भए विरोध जनाउन आग्रह गर्दै अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिन समय दिएको दिए । तर प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गरेपछि उनले बैठक १० मिनेटको लागि स्थगित भएको घोषणा गरे । 

कार्यदलका सदस्यहरूमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक कनिष पटेल, नेकपा (एमाले)का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण यादव छन् ।