२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन पुगेर झलनाथले भने-‘हामी एक-अर्काका विश्वसनीय सहयोगी’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चीनमा नयाँ जनवादी क्रान्ति र समाजवाद निर्माणको प्रक्रिया सुरु भएपछि नेपालसँगको सम्बन्धले नयाँ र बहुआयामिक उचाइ प्राप्त गरेको बताएका छन् ।

चीन भ्रमणमा रहेका खनालले विश्व सभ्यता संवादमा प्रमुख वक्ताको सम्बोधन गर्दै चीन निकटतम छिमेकी मात्र होइन, घनिष्ठतम मित्र बनेको बताएका हुन् ।

उनले भने, ‘हामी एक-अर्काका विश्वसनीय सहयोगी बनेका छौँ। विकास र समृद्धिका लागि भरपर्दा साझेदार बनेका छौँ। हामीले ठुलो र सानो देशबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने नमुना प्रस्तुत गरेका छौँ। हाम्रा सिमानाहरू शान्तिका सिमाना बनेका छन्। नेपाल एक-चीन नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध र अडिग छ ।’

उनले नेपाल ताइवान र तिब्बत चीनका अविभाज्य अंग हुन् भन्ने कुरामा दृढ रहेको बताएका छन् ।

उनले थपे, ‘हामी नेपालको भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौँ। हामी नेपाली र चिनियाँ दाजुभाइ-दिदीबहिनी हौँ। हामी हाम्रो सम्बन्धलाई चिर पर्यन्तकालसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा जस्तै अग्लो, स्थिर र अटल बनाउन चाहन्छौँ।’

उनले सबै एकजुट भएर सभ्यताहरूको विविधताको सम्मान, आपसी संवाद र सहकार्यलाई प्रवर्द्धन र शान्ति, विकास, समानता तथा स्वतन्त्रता जस्ता मानवताका साझा मूल्यहरूमा आधारित एक समुन्नत विश्व एवं साझा भविष्य निर्माणका लागि हातेमालो गर्न आह्वान गरेका छन्।