काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।
बिहीबार बिहान इकुमा पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको अरनिको राजमार्ग सडक डिभिजन कार्यालय चरिकोटले बेलुकाबाट खुलाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
इकुमा माथिबाट पहिरो खस्दा र सडकको तलपट्टी भोटेकोशीले कटान गरेर भासिएको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
कोदारी र इकोमा सडक भासिएर तातोपानी नाका बन्द भएको यो चौथो पटक हो भने कोदारीमा आइतबार पनि सडक अवरुद्ध भएको थियो ।







