२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलबीच शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटवार्तामा उनीहरूबीच शुभकामना आदानप्रदानका साथै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयाम तथा भावी सहकार्यको सम्भावनाबारे महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९४९ मा दुवै मुलुकबीच स्थापना भएको कूटनीतिक सम्बन्ध सुमधुर रहँदै आएको स्मरण गर्दै भने, “हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छन् ।” उनले फ्रान्सको स्वतन्त्रता, समानता र भ्रातृत्वको आधारभूत मूल्यको प्रशंसा गर्दै ती मूल्यले नेपालका राजनीतिक आन्दोलन तथा संघर्षमा उत्प्रेरकको भूमिका निर्वाह गरेको उल्लेख गरे ।

नेपालको पूर्वाधार विकासमा युरोपेली संघमार्फत फ्रान्सले दिएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनताको हितमा केन्द्रित रहँदै थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । उनले फ्रान्सको आगामी राष्ट्रिय दिवसका अवसरमा फ्रान्सेली राष्ट्रपति तथा जनताप्रति सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गरे ।

नेपालका लागि फ्रान्सका राजदूत कोर्टेभलले नेपाल र फ्रान्सबीचको सम्बन्ध र भ्रातृत्व प्रेम, साझा लक्ष्य र धारणामा आधारित रहेको बताए । उनले भने, “मेरो कार्यकालमा दुई देशबीचको सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रयास रहनेछ ।”